गृहमन्त्रीको राजीनामा माग्ने, बजेट नरोक्ने विपक्षी दलको निर्णय

वेलकम खबर
जेष्ठ १४, २०८२

काठमाडौ ।  नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूको बैठक बसेको छ।संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषयलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।बैठकमा नेकपा (माओवादी केन्द्र), रास्वपालगायत विपक्षी दलका नेताहरू सहभागी थिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्न माओवादी र रास्वपालगायत विपक्षी दलहरूले माग गर्दै आएका छन्।

गृहमन्त्रीले आज सदनमा बोल्ने तयारी गरेका छन्। आजै बिहान प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्रीलगायत बालुवाटारमा छलफल गरी राजीनामा नदिने र सदनमा बोल्ने निष्कर्ष निकालेका थिए। यसैबीच सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाइदिन प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डलाई आज टेलिफोन गरी जानकारी गराएका छन् तर प्रचण्डले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषय राखेका थिए। माओवादी सांसद माधव सापकोटाका अनुसार विपक्षी दल बैठकले गृहमन्त्रीको राजीनामा माग्ने निष्कर्ष निकालेको बताए भने बजेटबारे सकारात्मक हुने निर्णय पनि भएको छ।

तर सत्तारूढ कांग्रेस र एमाले भने गृहमन्त्रीको राजीनामाको पक्षमा छैनन्।-setopati

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*