सिदिङ्वा धाम पर्यटन महोत्सवको तयारी पुरा
काठमाडौं । ग्रामीण सांस्कृतिक पर्यटनको विकास गरौं, जैविक विविधताको संरक्षण गरौ” भन्ने मूल नाराका साथ प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव, २०८२ को तयारी पुरा भएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आयोजना हुन लागेको सिदिङ्वा महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी र खेलाडी लगायत महोत्सवमा पाल्नु हुने अतिथिहरूको सिदिङ्वा धाम दर्शन गराउने कार्यक्रम रहेको छ । बिहान १० कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोले कार्यक्रमको उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।
पाठ पूजा, दृश्यावलोकन, राष्ट्रिय कलाकारहरू सहित विभिन्न झाँकीहरूको प्रस्तुती, अवलोकन तथा बिभिन्न खेलकुद अन्य विविध औपचारिक कार्यक्रम हुने महोत्सव प्रचार प्रसार उप समितिको संयोजक कैलाश राईले जानकारी दिनुभयो । त्यस्तै १६ गत बिभिन्न खेलकुद तथा विविध औपचारिक कार्यक्रम हुने छ । त्यस्तै जेठ १७ गते विहान पुरुष तथा महिला म्याराथन प्रतियोगिता हुनेछ सिदिङ्वा म्याराथन प्रतियोगिताको लागि हाल सम्म ३५ ,४० जनाले नाम टिपाएको म्याराथन आयोजक समितिका संयोजक अमिर राईले जानकारी दिनुभयो ।

उहाँले महोत्सव हुने स्थान सादेवाको थामडाँडा देखि सिदिङ्वा धाम पुगेर पुन थामडाँडा फर्किनु पर्ने बताउनुभयो ।
सोही दिनको बेलुका भने राष्ट्रिय कलाकारहरू र स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती, बिभिन्न खेलकुद र पुरस्कार वितरण कार्यक्रम हुने छ । महोत्सवमा समापन समारोहमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराई, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई लगायतका प्रमुख आतिथ्यमामा समापन कार्यक्रम हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा राष्ट्रिय कलाकार राजेशपायल राई, कुशल थलङ लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएका छ ।





















