राष्ट्रिय युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

वेलकम खबर
जेष्ठ १३, २०८२

काठमाडौं । सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका क्षितिज थेबेको प्यानलै विजयी भएको हो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रक्रियामा जान नदिई थेबेलाई अध्यक्ष बनाएका थिए । यस पटक भने उनी निर्वाचन प्रक्रियाबाट निर्वाचित भए । पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरे ।

निर्वाचनमा १४०४ मत खसेको थियो । थेबेले १८८ मतले सुमन पुरीलाई पछाडि पारे । यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ । निर्वाचित हुने थेबेलाई एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको साथ थियो भने पुरीलाई महासचिव शंकर पोखरेलको साथ थियो ।

महाधिवेशनमा पदाधिकारी र सदस्यमा समेत गरेर ३९९ जनाको उम्मेदवारी परेको थियो ।पदाधिकारी ९ जना सहित १५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा निर्वाचित भएका छन् ।

यता, खुल्ला सचिवमा भने पुरी प्यानलका अरूणबहादुर कुँवरले जितेका छन् ।

कुन प्रदेशमा कति ?

१.सुदूरपश्चिम प्रदेश
सुमन पुरी ६४
क्षितिज थेवे ५२
२. कर्णाली प्रदेश
सुमन पुरी ५४
क्षितिज थेवे ५१
३. गण्डकी प्रदेश
सुमन पुरी ३९
क्षितिज थेवे ८४
४. विशेष प्रदेश
सुमन पुरी ३५
क्षितिज थेवे ३४
५. लुम्बिनी प्रदेश
सुमन पुरी ७९
क्षितिज थेवे ५२
६. आयोजक
सुमन पुरी १७६
क्षितिज थेवे २३४
७. कोशी प्रदेश
सुमन पुरी ३१
क्षितिज थेवे १५४
८. मधेश प्रदेश
सुमन पुरी ६२
क्षितिज थेवे ३९
९. बागमती प्रदेश
सुमन पुरी ६८
क्षितिज थेवे ९६

जम्मा मत
सुमन पुरी ६०८
क्षितिज थेवे ७९६

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*