गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध

वेलकम खबर
जेष्ठ १३, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेका छन् ।प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए ।त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिए । माओवादी उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटनामात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए ।मुख्य आरोपी तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएकोले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*