न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल आउँदै

वेलकम खबर
जेष्ठ १३, २०८२

काठमाडौ । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।नेपालको औपचारिक भ्रमणका लागि उनी जेठ १५ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री डा. अरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो भ्रमण न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालमा हुने पहिलो औपचारिक भ्रमण हो । यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।नेपालको औपचारिक भ्रमणका लागि उनी जेठ १५ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री डा. अरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । यो भ्रमण न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालमा हुने पहिलो औपचारिक भ्रमण हो । यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*