अर्थमन्त्रीले भेटे राष्ट्रपति, गरे बजेटबारे ब्रिफिङ

वेलकम खबर
जेष्ठ १३, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेटेका छन् ।मङ्गलवार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई अर्थमन्त्री पौडेलले भेटेका हुन् ।उक्त भेटमा राष्ट्रपति पौडेललाई अर्थमन्त्रीले आर्थिक वर्ष २०८२र८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् । आगामी आर्थिक वर्षको बजेटबारे राष्ट्रपति भवन शीतल निवास पुगेर अर्थमन्त्रीले ब्रिफिङ गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*