प्रतिनिधि सभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

वेलकम खबर
जेष्ठ १४, २०८२

काठमाडौ । प्रतिनिधि सभा बैठक आज दिउँसो ११ बजे बस्दैछ । आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१र८२ को आर्थिक सर्वेक्षण पेस गर्ने छन् । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीसमेत रहेको छ ।साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।पछिल्लोपटक गृहमन्त्री रमेश लेखकमाथि नै ‘भिजिटि भिसा’ प्रकरणमा प्रश्न उठेपछि आजको संसदमा प्रतिपक्षी दलहरू भने कडा रुपमा प्रस्तुत हुने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले बैठकबाट निर्णय नै गरेर बैठकको सुरुमै कडा रुपमा प्रस्तुत हुने बताएको छ । उसले संसदमा आफूहरूलाई साथ दिन माओवादी केन्द्र र राप्रपाका सांसदलाई पनि आह्वान गरेको छ ।भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री लेखकमाथि पनि प्रश्न उठेको छ । यो विषयले आज संसदमा प्रवेश पाउने पक्का छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु