अध्यक्षमा थेबे र पुरीबीच प्रतिस्पर्धा
संघको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र वर्तमान महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुँदैछ। दुबै नेताले आफ्ना-आफ्ना प्यानलसहित उम्मेदवारी दिएका छन्। कुल ३९९ जनाको उम्मेदवारी परेका छन्। जसअन्तर्गत ९ जना पदाधिकारी, १५१ केन्द्रीय सदस्य, र ४ विभाग अन्तर्गत अध्यक्ष, उपाध्यक्ष तथा सचिव गरी १६३ पदमा चुनाव हुँदैछ।
✳ थेबे प्यानल
- अध्यक्ष: क्षितिज थेबे
- उपाध्यक्ष: महाराज गुरुङ, विनय शाह
- महासचिव: महेश चौलागाईं
- उपमहासचिव: उपेन्द्र शाही
- सचिव (खुला): मदन भण्डारी, देबु बस्नेत
- महिला सचिव: निशा लिम्बू
- मधेशी सचिव: मोबिन आलम
- लेखा आयोग अध्यक्ष: किसुन जैशी
- निर्वाचन आयोग अध्यक्ष: मदन गिरी
- अनुशासन आयोग अध्यक्ष: मोहम्मद मिजाम
- युवा विज्ञ परिषद अध्यक्ष: चीन लामा
✳ पुरी प्यानल
- अध्यक्ष: सुमन पुरी
- उपाध्यक्ष: पर्वत भण्डारी, प्रकाश गौतम
- महासचिव: कुवेर अधिकारी
- उपमहासचिव: खेमराज शर्मा
- सचिव (खुला): ध्रुव खड्का, अरुण कुँवर
- महिला सचिव: रेशु तामाङ
- मधेशी सचिव: चितरञ्जन यादव
- निर्वाचन आयोग अध्यक्ष: शिव रिमाल
- लेखा आयोग अध्यक्ष: विक्रम गुरुङ
- अनुशासन आयोग अध्यक्ष: अजयजंग शाही
- युवा विज्ञ परिषद अध्यक्ष: मोदनाथ सिलवाल सन्तोष
मतदान सकिएपछि मतगणना थालिने र आजै निर्वाचन परिणाम सार्वजनिक गरिने जनाइएको छ। युवा संघको यो निर्वाचनले संगठनभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक रणनीतिमा समेत महत्वपूर्ण असर पार्ने अपेक्षा गरिएको छ।



















