एकिकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा चोङबाङ

वेलकम खबर
जेष्ठ १०, २०८२

काठमाडौ । नेकपा एकिकृत समाजवादी (एस)  ताप्लेजुङको ११ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा दुर्गाश्रेङ चोङबाङ लिम्बू सर्वसम्मत चयन हुनु भएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) ताप्लेजुङको ११औं जिल्ला अधिवेशनबाट अध्यक्षमा लिम्बू सर्वसम्मत चयन हुनु भएको हो ।
। उपाध्यक्षमा रामचन्द्र पोमु ९आरसी०, महिला उपाध्यक्षमा देविमाया नेपाली, सचिवमा मोहन न्यौपाने, उपसचिवमा बादल गुरुङ, अम्मर लोहार, गणेश राई सहित ४५ सदस्यीय जिल्ला कमिटी निर्विरोध गठन गरिएको छ ।
केन्द्रीय कमिटीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्न केन्द्रीय कमिटीका सचिव बलदेब चौधरी, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, कोशी प्रदेश कमिटीका अध्यक्ष सरिता खड्का, जिल्ला तथा पालिका स्तरीय नेता कार्यकर्ता, अन्य पार्टीका प्रमुख तथा प्रतिनिधहरुको सहभागिता रहेको थियो । अधिवेशनमा जिल्लाका ६१ ओटै वडाबाट २ सय ५० जना प्रतिनिधिको सहभागिता रहेको सचिव मोहन न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*