विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघामा दिनहुँ आरोही

ताप्लेजुङ । नेपाली र भारतीय सेनाको संयुक्त टोलीसहितका आरोही पछिल्लो केही दिनयता विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको आरोहण गरिरहेका छन् ।
इलाइट इएक्सपीडी, सेभेन समिट लगायतका कम्पनीले आरोहण गर्नेको विवरण सार्वजनिक गरेका छन् । इलाइटले निकोल, मेरियो, राजभान, सेलियासेखले आरोहण गरेको उल्लेख छ । उनीहरु विदेशी नागरिक हुन् । उनीहरुलाई गाइड गरेर गएका निर्मल पुर्जाले बिना अक्सिजन आरोहण गरेका छन् । गाइड गरेर गएका सन्देश शेर्पा, सन्दीप गुरुङ, फुरि कितार शेर्पा, बुद्धि गुरुङ, रीञ्जी शेर्पा, लाक्पा तेञ्जिङ शेर्पाले आरोहण गरेको इलाइटले जनाएको छ ।
सेभेन समिटबाट भारतीय र नेपाली टिमका सेनामध्ये भारतीय टिमका सर्फराज सिं ९लिडर० छिरिङ दोर्जे, तरुन सिंह सिन्धु, सञ्जय कुमार, सतिश सिंले आरोहण गरेका छन् । नेपाली सेनाका प्रशान्त खड्का, जनक साउथ, नविन तरामी मगर, अमरबहादुर कार्कीले आरोहण गरेका छन् ।
उनीहरुको सहयोगीको रुपमा ग्यालु, लाक्पातेम्वा, पाशाङदावा, पाशाङदुक्पा, आङकामी, ङिमा, पाशाङफुर्वा, लाक्पाठिन्डु शेर्पा आरोहण गरेर फर्किएका छन् । उनीहरु मे १९ मा चुचुरोमा पुगेका थिए । यसअघि मे १८ को दिन डेनमार्ककी एमाहोस्टे गार्ड र उनका गाइड पाशाङ तेम्वा फेर्पाले आरोहण गरेका थिए भने मे १५ का दिन भारतकी प्रकिति भर्सनी र नेपाली गाइड फतेन्जी शेर्पाले आरोहण गरेका थिए ।
मे १० का दिन अरब देशका सहिद खामिस अलमेमारीले आरोहण गरेको सेभेन समिटले जनाएको छ । मे १० मै पाँच नेपाली र पाँच विदेशी गरी १० जनाले कञ्चनजंघा हिमालको सफल आरोहण गरेका थिए । कोसोभोका फ्लुटुरा इभ्राइमी, बेलायतका एड्रियन माइकल हायस, इरानका अलिरेजा बेहेपुर, यूएईका सेइदा मिज्रेदा र साइद अल मेमारीले आरोहण गरेका हुन् । यो टोलीलाई नेपाली गाइड लाक्पा तेम्वा, निङमा दोर्ची, फुर्सुना, ग्यालु, छ्याङवा शेर्पाले आरोहणमा सहयोग गरेका थिए ।
८ हजार ५ सय ८६ मिटर उचाईको कञ्चनजंघा नेपालको दोस्रो तथा विश्वको तेश्रो अग्लो हिमाल हो । यसवर्ष नेपाल र भारतको संयुक्त सैन्य सहित यो हिमाल आरोहण गर्ने विदेशीको सङ्ख्या उल्लेख्य रहेको छ ।यसवर्ष इलाइट कम्पनीले यहाँको बाटो बनाएको थियो । आफ्नो कम्पनीका नौ जना यसअघि ४० मिटर नजिकसम्म पुगेर फर्किएको उनले बताए । मौसम खराब भएकोले उनीहरु फर्किएका हुन् । मौसम अनुकुलता हेरेर फेरि जाने तयारीमा रहेका छन् ।-ekantipur