एकिकृत समाजवादी ताप्लेजुङको अधिवेशन शुक्रवार देखि २सय ५० प्रतिनिधि सहभागी हुने

ताप्लेजुङ । नेकपा ( एकिकृत समाजवादी)ताप्लेजुङको शुक्रबार (भोलि)बाट सुरु हुने ११ औँ जिल्ला अधिबेशनको तयारी पुरा भएको छ ।
। एकिकृत समाजवादी बुधबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । उहाँका अनुसार अधिबेशन जेठ ९ र १० गते हुनेछ र अधिबेशनले नयाँ जिल्ला कमिटीको चयन गर्नेछ । यस्तै अधिबेशनमा जिल्लाभरबाट २ सय ५० बढी प्रतिनिधि सहभागी हुने समाजवादी ताप्लेजुङको दाबी छ ।
अधिबेशनको पार्टीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा पार्टीका उप–महासचिव राजेन्द्र राई पनि सहभागी हुने जिल्ला कमिटी सचिब मोहन न्यौपानेले जानकारी दिनुभयो ।