इलामको अन्तुमा चलचित्र पत्रकारको राष्ट्रिय भेला सात जना पुरस्कृत

वेलकम खबर
जेष्ठ ८, २०८२

काठमाडौ । चलचित्र पत्रकार संघको २६औं स्थापना दिवस अवसरमा इलामको पर्यटकीय अन्तुमा विभिन्न कार्यक्रम भइरहेका छन्। जेठ ६ देखि ९ गतेसम्म चलिरहेको कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान गर्ने पत्रकारलाई सम्मान र पुरस्कृत गरिएको छ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार बसुन्धरा भुसाल, शिव श्रेष्ठ, गौरी मल्ललगायतले कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरे। त्यस अवसरमा पत्रकार ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, विष्णु सुवेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, नरेन्द्र बस्नेत (कोशी)लाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रदान गरिएको छ। पत्रकार जीवनकुमार पराजुलीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, रश्मी थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार र तुलसीप्रसाद निरौला (कोशी)लाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको संघले जनाएको छ।

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको संयोजन र चलचित्र पत्रकार संघ नेपाल, इलाम, झापा, मोरङ र सुनसरी शाखाको व्यवस्थापनमा चलचित्र पत्रकारको राष्ट्रिय भेलासमेत आयोजना गरिएको हो। कार्यक्रमअन्तर्गत सिनेमा संवाद, मिडिया मन्थन, कार्यशालालगायत आयोजना हुने संघ अध्यक्ष समीर बलामीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*