ताप्लेजुङको आठराई त्रिवेणीले तीन वर्षमा गरेको मूख्य उपलब्धी यस्तो छ

वेलकम खबर
जेष्ठ ८, २०८२

ताप्लेजुङ । जनप्रतिनिधिको रुपमा निर्वाचित भएको तीन वर्ष पुगेको अवसरमा ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिकाले तीन वर्षे मूख्य उपलब्धी सार्वजनिक गरेको छ ।आठराई त्रिवेणी पालिका अध्यक्ष दिपेन्द्र पोमुले आज जनप्रतिनिधिमा निर्वाचित भएको तीन वर्ष पुगेको भन्दै तीन वर्षमा गरेको मूख्य  उपलब्धी सार्वजनिक गर्नु भएको हो ।

उपलब्धीहरु
१,पूर्वाधार विकासको क्षेत्र
→पालिका भित्रमा ६५ किलोमिटरभन्दा बढी ग्रामीण सडक स्तरोन्नति र मर्मत गर्ने काम भएको ।
→गाउँपालिकाको प्रशासकीय भवन सम्पन्न हुने अन्तिम चरणमा रहेको अन्य वडाको वडा कार्यालय भवनहरु निर्माण भई सञ्चालनमा रहेको ।
→वडा नं १ मा सामुदायिक भवन निर्माण सम्पन्न भई सञ्चालनमा रहेको तथा अन्य वडा हरुमा पनि निर्माण गर्दै लगिने छ ।
→ पालिका स्तरिय बहुउद्देश्य कबर्डहलको निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको ।
पालिकाको आसपासको बाटो कालो पत्रे गर्ने काम सम्पन्न हुने चरणमा रहेको ।
→,ताप्लेजुङ जिल्ला बाट धरान सम्म जानका लागी वैकल्पिक मार्गका लागी गोर्जा सुर्के सेलेले भुजे गुफा सडक ट्र्याक ओपनको काम सम्पन्न ।
→ लिम्बुनि पुल चोक्पुर हिले रमिते हुदै पालिका सदरमुकाम जोड्ने सडक निर्माणको काम सुरुवात भएको ।
→मुलचोक पाथिभरा देवस्थललाई धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकास गरिएको र थप व्यवस्थित गर्ने काम गरिरहेको ।
→ एक वडा एक खेलमैदान विस्तार गर्ने योजना अनुरुप आठराई त्रिवेणी गाउँपालिकाको २ नं को महभिर खेल मैदान र १ नं को जनकल्याण आ.वि को खेल मैदान निर्माणको चरणमा रहेको र वाकी वडाहरुमा आगामी वर्षहरुमा विस्तार गरिने छ ।
एक वडा एक बर्थिङ सेन्टर स्थापना गर्ने योजना अनुसार वडा नं १, ३, ४ मा निर्माण भई सञ्चालनमा रहेको वडा नं २ को सञ्चालन उन्मुख र वडा ५ मा निर्माणाधिन अवस्थामा रहेको ।
→१० शैयाको अस्पताल निर्माण कार्य तीव्र गतिमा भइरहेको ।
→हाङपाङ र चाँगे जोड्ने सोबुवाखोला पक्कीपुल निर्माणको काम भईरहेको ।

२ स्वास्थ्य क्षेत्रमा सेवा विस्तार
→गर्भवती तथा सुत्केरी लाई निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा रहेको ।
→७० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण साथै ३२१ जनालाई निशुल्क चस्मा उपहार र ५९ जनालाई दन्त उपहार प्रदान गरियो ।
→स्वास्थ्य संस्थाहरु बाट समयमै अत्यावश्यक औषधीहरु वितरण हुने गरेको ।
– विपन्न परिवारलाई औषधी उपचार सहायता वापत रु २०,००० का दरले उपचार सहायता प्रदान गरिदै आएको ।
→रेविज विरुद्दको खोप पालिका भित्रका स्वास्थ्य संस्था वडा नं १ र वडा नं ३ बाट उपलब्ध गराउन सुरु गरिएको।

३,शिक्षामा गुणस्तर र पहुँच विस्तार
→ सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको निःशुल्क शिक्षा कार्यान्वयनमा रहेको ।
→सरस्वती नमुना माध्यमिक विद्यालयमा पशु प्राविधिक विषय सञ्चालन ।
→शैक्षिक गुणस्तर वृद्दीका लागी अन्तर्क्रियात्मक प्रधानाध्यापकहरुको मासिक बैठक बसी विद्यालयका विविध समस्या र समाधानका विषयमा छलफल गर्ने गरिएको ।
→ शिक्षकहरुलाई मासिक रुपमै विगत २ वर्ष यता तलव भत्ता उपलब्ध गराउँदै आएको । श्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्दीका लागी विद्यालयका शिक्षक, सरोकारवाला, र पालिका विच आमशिक्षा भेला गरी अन्तर्क्रिया गोष्टी सञ्चालन गरिएको ।
श्र पालिका स्तरिय नमुना विद्यालय छनौट गरी सञ्चालनमा रहेको ।

४,कृषि र वातावरण संरक्षण
→ एक घर एक धारा अभियान सुरु ।
→प्रत्येक वडा हरुमा कृपि पाठ सालाहरुको निर्माण गरी सञ्चालनमा रहेको ।
→ कृषक समूहहरूलाई मल, उन्नत विउ वितरण गर्ने कार्य भईरहेको ।
→ कृषक फर्म तथा कृषक समुहहरुलाई प्रत्सोहान स्वरुप अनुदान रकमहरु उपलब्ध गराउँदै आएको ।

५, सुशासन, पारदर्शिता र डिजिटल सेवा
→ सवै सरकारी कार्यालय तथा विद्यालयहरुमा निशुल्क फाईबर नेट जडानको काम अन्तिम चरणमा रहेको ।
→नागरिकता, जन्मदर्ता, सिफारिस सेवा अनलाइन मार्फत सुरु ।
→ वडागत सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन ।
→ सिसी क्यामेरा जडान गरी शान्ति सुरक्षा व्यवस्थापन मजबुत ।
→ प्रत्येक सरकारी कार्यालय तथा विद्यालयहरुमा ईहाजिरी जडान, सिसिक्यामरा जडान गर्ने काम सम्पन्न भएको ।
→ स्कुल एकाउन्टिङ सिस्टम ९क्ब्क् ० लागु गरिएको ।

६, विद्युत सेवा विस्तारः
→ निर्वाचित भएको पहिलो निर्णयको रुपमा निशुल्क विद्युत सेवा उपलब्ध गराउँने योजना अनुरुप पालिका भरिका सबै जनातालाई निशुल्क विद्युत सेवा उपलब्ध गराईदै आएको ।
उपरोक्त कार्यहरू जनताको विश्वास, कर्मचारीहरूको समर्पण र जनप्रतिनिधिहरूको सक्रिय सहकार्यमा सम्पन्न भएका हुन्। आगामी दुई वर्षमा अझ प्रभावकारी सेवा, समावेशी विकास र समृद्ध गाउँपालिका निर्माणका लागि प्रतिबद्ध छौं ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु