कम बजेटमा राम्रो प्रतिफल दिने आयोजनामा लगानी गरौ :योगेश भट्टराई (पूर्णपाठ सहित)
काठमाडौं । ताप्लेजुङबाट संघीय संसंदमा प्रतिनिधित्व गर्ने सांसद योगेश भट्टराईले आगामी वर्षको वजेट निर्माणमा कम रकममा बढी प्रतिफल दिने आयोजनमामा लगानी गर्न सरकारलाई सुझाव दिनु भएको छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उहाँले ताप्लेजुङ सहित कोशी प्रदेशमा भएका अथाह सम्भावनाका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको हो उहाँले तमोर र दुधकोशी जलाशययुक्त आयोजना तथा किमाथांका अरुण आयोजना अघि बढाएर अन्तर देशीय प्रसारण लाइन निर्माण गर्न सकिने बताउनुभयो । सडक, कृषि, पर्यटन र जलस्रोतको क्षेत्रमा गर्न सक्ने कामका विषयमा सदनमार्फत बुँदागत रूपमा उनले सरकारलाई बुझाएका हुन् ।
‘टिपटालासम्म कालोपत्रे गर्न, कावेली करिडोर, ताप्लेजुङसम्मको मदन भण्डारी मार्गलाई कालोपत्रे गर्न, कावेली करिडोर सडक आयोजना अघि बढाउन, मेची राजमार्ग अन्र्तगत सुकेटार–थिवा सडकलाई बजेट विनियोजन गर्न, प्रमुख राजमार्गदेखि पालिका केन्द्रहरूको सडकलाई कालोपत्रे गर्न बजेट व्यवस्था गरी पूर्वाधारको काममा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।























