नो केवलकार समूहले भन्यो आन्दोलन जारी छ

वेलकम खबर
जेष्ठ ३, २०८२

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्र निर्माणाधिन केबलकारको विरोध गदै आएको पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको उद्घोष गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षले जनाएको हो । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्नुनपर्ने आदेश दिएको दुई दिनपछि नो केवलकार पक्षले विज्ञप्ति जारी गर्दै केवलकारविरुद्धको आन्दोलन जारी रहेको जनाएको हो । नो केवलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङसेःप चुम्भो र अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आन्दोलन जारी रहेको उल्लेख गरेका छन् ।

मुक्कुमलुङ अतिक्रमणविरुद्ध सर्बोच्च अदालतमा दर्ता भएका विभिन्न मुद्दाहरु विचाराधीन रहेकोभन्दै सबै मुद्दाको किनारा लागिनसकेको र आन्दोलन पनि नटुङ्गिएको विज्ञप्तिमा उल्लेख छ। नो केवलकार पक्षले पाथीभरामा केवलकार निर्माण गर्ने बाटो खुल्यो भन्ने केही सञ्चारमाध्यममा आएको समाचार भ्रामक भएको पनि विज्ञप्तिमा जनाइएको छ । जुन समाचारले मुन्धुमवादीहरुको भावनामा गम्भीर चोट पु¥याएको र त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ ।

नो केवलकार पक्षले केवलकार खारेज गर्नुपर्ने मुख्य माग कायम राखी आन्दोलन जारी रहेको र भ्रामक समाचार र प्रचारपछि नलाग्न सबैलाई आग्रहसमेत गरेको छ । यता गत चैतमा केवलकार रोक्नुपर्ने माग गर्दै यामबहादुर लिम्बू लगायतले दायर गरेको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दै सर्बोच्च अदालतले केवलकारको काम रोक्नुनपर्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु