ताप्लेजुङेलाई सरकारी सेवाका आर्कषित गर्न लोकसेवा तयारी कक्षा शुरु

वेलकम खबर
जेष्ठ २, २०८२

ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षाको सुरु गरेको छ । ताप्लेजुङका मानिसलाई सरकारी सेवामा आक्रषण बढाउने उद्देश्ले फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा ४५ दिने लोकसेवा आयोग कक्षा शुरु भएको जनाएको छ ।
ताप्लेजुङ जिल्लाको एकमात्र स्नातकोत्तर तहको अध्ययन हुने क्याम्पसले खरिदार तथा नायब सुब्बा पदका लागि आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन विहीबारबाट शुरु गरिएको हो ।
क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थीको मागलाई मध्यनजर गर्दै नगरपालिकासँगको सहकार्यमा तयारी कक्षाको प्रारम्भ गरिएको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसमा अध्ययनरत जिल्लाभित्रका सबै विद्यार्थीलाई तयारी कक्षामा सामेल गराइएको छ ।


करिब ४५ दिनसम्म सञ्चालन हुने कक्षाको सहजीकरण आयोग उत्तीर्ण गरी जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूले गर्ने क्याम्पस प्रशासनले जनाएको छ । विभिन्न संस्थाले अनलाइनको माध्यमबाट प्रदान गरिरहेको तयारी कक्षा प्रभावकारी नभएकाले भौतिक उपस्थितिमा क्याम्पसले नयाँ अभियान सुरुवात गरेको हो । जिल्ल समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला ईजम, क्याम्पस प्रमुख पौडेललगायतको उपस्थितिमा कक्षाको सुरु गरिएको हो । यस्तै, फुङलिङ नगरपालिकाको समन्वयमै बुहारी शिक्षा कार्यक्रम समेत कार्यान्वयनमा रहेको छ ।नगरपालिका भित्रका ३२ जना महिलालाई निःशुल्क आधारभुत कम्प्युटर शिक्षा प्रदान गरिरहेको क्याम्पसले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु