ताप्लेजुङको पाथीभरामा बैशाखमा झण्डै ६१ लाख भेटी सङ्कलन ,३८ हजार बढिले दर्शन गरे

मदन गौतम
जेष्ठ १, २०८२

ताप्लेजुङ । पर्व कै प्रसिद्ध धार्मिक स्थल पाथीभरामा बैशाख महिनामा ६० लाख ९० हजार आठ सय रुपियाँ भेटी  सङ्कलन भएको छ ।  पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेछ । पाथीभरा दर्शनका लागि प्रमुख सिजन लागेसँगै दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि बढी नै सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । बुधबार सार्वजनिक तथ्याङ्क अनुसार वैशाख महिनामा ३८ हजार बढी तीर्थयात्री मन्दिरको दर्शनका लागि पाथीभरा आएका छन् । एक महिनाको अवधिमा स्वदेश तथा विदेशबाट ३८ हजार एक सय ७० जना भक्तजनले पाथीभराको दर्शन गरेको समितिका कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो ।पाथीभराको दर्शन गर्न आउने तीर्थ यात्रीको प्रत्येक दिनको गणना हुने गरेको ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*