महालेखाको ६२ औं प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । महालेखा परीक्षकको ६२ औं प्रतिवेदन सार्वजनिक भएको छ । बुधबार महालेखाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८०/८१को प्रतिवेदन हस्तान्तरण गरेसँगै सार्वजनिक भएको हो ।
प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा संघीय, प्रदेश र स्थानीय तहका सरकारी निकाय, संगठित संस्था, समिति र अन्य संस्थासमेतको लेखापरीक्षण गरिएको छ। ५ हजार ७ सय ५९ ओटा निकाय कार्यालयहरुको लेखापरीक्षण गरिएको छ । त्यसमध्ये ३ हजार ७ सय २ कार्यालयको विस्तृत लेखापरीक्षण गरिएको थियो । यस अवधिमा कार्यालयको जनशक्ति र कानुन बमोजिम लेखापरीक्षक नियुक्त गरी ४३ वटा पूर्ण सरकारी स्वामित्व भएको, ४५ आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न भएको छ ।



















