लुम्बिनीमा बुद्ध जयन्ती समारोह सुरु,प्रधानमन्त्रीले गरे उद्घाटन

वेलकम खबर
बैशाख २९, २०८२

काठमाडौं। बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ ।

समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य , संघीय र प्रदेश सांसद हरू , विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगाएतको उपस्थिति छ ।

बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए । आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रम गरिँदै छन् । बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड बजेट खर्च गर्दैछ । मूल समारोहअघि बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*