ताप्लेजुङ किसान महासंघमा पुनः सुनुवार

वेलकम खबर
बैशाख २८, २०८२

ताप्लेजुङ । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासघ ,ताप्लेजुङको ७ औं जिल्ला अधिबेशनले भगीमान सुनुवारको अध्यक्षमा नयाँ समिति चयन गरेकोछ । शनिवार भएको ७ औ अधिवेशनबाट उपाध्यक्षमा मणिकुमार मगर,सचिवमा ईन्द्र लछर्वो,सहसचिमा मधु ईजम र कोषाध्यक्षमा हरी प्रसाद सिग्देललाई चयन गरेको नेकपा एमाले कार्यवहाक अध्यक्ष दिपेन पोमुले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यहरुमा केशवप्रसाद बराल छिनाम दोर्जी शेर्पा,विजय लामा, लक्ष्मण लिम्बु,शुशिल एभेङ यामकुमार लिम्बु,टंकप्रसाद लिम्बु युगेन अङछ्ङवो,गोविन्द्रराज बराल छत्र गुरुङ,लिलामाया दोर्जी,छविलाल हिङमाङ,सुमन गुरुङ,कृष्णबहादर कार्की, रहेका छन । त्यस्तै दिपक राई,कुलराज न्यौपाने ,भगिरथ मावो र लाखध्वोज लिम्बु सदस्य रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु