पाकिस्तानले ३ घण्टामै तोड्यो युद्धविराम, जम्मू कश्मीरमा फेरि ड्रोन आक्रमण र गोलाबारी

वेलकम खबर
बैशाख २७, २०८२

काठमाडौँ। भारत र पाकिस्तानबीच ८६ घण्टा लामो युद्ध शनिबार साँझ ५ बजे समाप्त भएको ३ घण्टामै पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ। जम्मू कश्मीरमा सीमापार पाकिस्तानको उत्तेजक गतिविधि फेरि एकपटक तीव्र भएको भारतीय संचारमध्यमले जनाएका छन् । शनिबार राति पाकिस्तानले धेरै गोलीबारी गरेको र कश्मीरको बारामुल्ला जिल्लामा एक शंकास्पद ड्रोनका कारण विस्फोट भएको भारतीय संचारमध्यमहरुले जनाएका छन्।

आजतकका अनुसार, पाकिस्तानले अखनूर, राजौरी र आरएसपुरा अन्तर्राष्ट्रिय सीमामा तोपखाना प्रहार गरेको छ। यस्तै सोही समयमा बारामुल्लामा ड्रोन आक्रमण गरेको छ। बारामुल्लामा ब्ल्याकआउट भएको र श्रीनगरका धेरै क्षेत्रहरूमा बिजुली आपूर्ति बन्द भएको छ।

यसबाहेक राजौरीमा पनि गोलीबारी भएको रिपोर्ट आएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*