युवासंघको नगर कमिटी अध्यक्ष माथि सांघातिक आक्रमण, दोषीलाई कारवाही माग

वेलकम खबर
बैशाख २७, २०८२

ताप्लेजुङ । ताप्लेजुङ  फुङलिङ नगरपालिका वडा ४ मा गत साँझ राष्ट्रिय युवा संघ फुङलिङ नगरपालिका कमिटी अध्यक्ष सन्तोष लिम्बू माथि धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएको बनाएको भन्दै राष्ट्रिय युवा सङ्घ फुङलिङ नगरपालिकालेआक्रमणमा संम्लग्न व्यक्तिलाई कानुनी कारवाही गर्न माग गरेको छ । 

राष्ट्रिय युवा सङ्घ फुङलिङ नगर कमिटीले एक विज्ञप्ति प्रकाशित गरी फुङलिङ  ४ तोक्मामा हिजो २६ गतेको दिन साँझ ७ बजे अचानक बाटोमा हिँडिरहेको वेला मोटरसाइकल रोकी ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका वडा  ४ वस्ने असोक लिम्बु, सुरज लिम्बुको अराजक समुहले राष्ट्रिय युवा सङ्घ फुङलिङ नगरपालिका कमिटी अध्यक्ष सन्तोष लिम्बू माथि अराजक समुहले एक्कासि धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएको हुँदा नागरिकमाथि लुकिछिपि आक्रमण गर्नु, समाजमा त्रास र भय उत्पन्न गराउने अराजक व्यक्तिहरू माथि तत्कालै कानुनी कारवाही गर्न स्थानीय प्रहरी प्रशासन समक्ष माग गरेको हो । ,
राष्ट्रिय युवा सङ्घ नेपाल फुङलिङ नगर कमिटी उपाध्यक्ष काजी सुनुवारद्वारा जारी विज्ञप्तिमा आक्रमणको घोर भत्सर्ना गर्दै आपराधिक समुहलाई नियन्त्रणमा लिइ दोषीलाई कडा कारवाही गर्न माग गदै यदि प्रहरी प्रशासनले नगरेमा  राष्ट्रिय युवा
सङ्घ नेपालले वाध्य भई यस्ता अराजक समुहलाई आफै कारवाही गर्नेछ चेतावनी समेत विज्ञप्ति मार्फत दिएको छ । घाईते लिम्बूको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको बुझिएको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*