जनताले सुन्ने होइन, अनुभव गर्ने विकास खोजेका छ :सुहाङ नेम्वाङ

वेलकम खबर
बैशाख २५, २०८२

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनताले अनुभव गर्ने प्रकारको विकास खोजेको बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उहाँले योजनाको चर्चामात्रै नभइ उपलब्धिको अनुभूति जनताले चाहेको बताउनुभएको हो उहाँले भन्नुभयो ‘जनताले अब ‘सुन्ने’ होइन, ‘अनुभव गर्ने’ विकास खोजेका छ । योजनाको चर्चा हैन, उपलब्धिको अनुभूति चाहेको छ ।
नेम्वाङले सांसदको रुपमा प्रतिनिधिसभामा शपथ लिएको आज एक वर्ष पुगेको छ । सांसदको शपथ लिएको एक वर्षमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन पाउनुलाई ‘संयोग’ को रुपमा लिँदै नेम्वाङले इलामका जनतालाई स्मरण गर्नु भएको छ ।
जनतामा साधरणजस्तो देखिन विभिन्न आकांक्षाहरू पनि अधुरै रहेको भन्दै त्यसतर्फ काम गर्नुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु