पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई एमाले नेता निलम्बित

वेलकम खबर
बैशाख २४, २०८२

ताप्लेजुुङ । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी ताप्लेजुङका पूर्व अध्यक्ष बलबहादुर साम्सोहाङसहित दुई जनालाई निलम्बन गरेको छ। हाल प्रदेश सल्लाहकार सदस्य साम्सोहाङ र प्रदेश पर्यटन विभाग सचिव मणिकुमार पोमुलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

‘गएको वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा साम्सोहाङले काट, मार, भन्दै युवाहरूलाई उक्साएको भन्दै जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको थियो,’ खतिवडाले भने ‘प्रदेशले उपाध्यक्ष टीकाराम चेम्जोङको नेतृत्वमा छानबिन कमिटी बनाएको छ । त्यसको प्रतिवेदन नआउञ्जेल उहाँहरूलाई निलम्बन गरिएको हो।’

युवा संघ ताप्लेजुङको भेलामा झडप भएको थियो । एउटा समूहको नेतृत्व पोमुले गरेको र उनीहरुलाई निर्देशन दिँदै उक्साउने काम साम्सोहाङले गरेको एमालेको भनाइ छ। झडपका क्रममा युवा संघका सचिव तथा कोशी इन्चार्ज निरोज पौडेलमाथि समेत हातपात भएको थियो । मंगलबारको प्रदेश कमिटी बैठकले उनीहरूमाथि निलम्बनको कारबाही गरेको र अब छानबिन कमिटीको प्रतिवेदनपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने अध्यक्ष खतिवडाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*