प्रचण्ड भन्छन्–चलाउन चाहे ३२ सिटे जादू चल्छ, हाम्रो ध्यान त्यतातिर छैन

वेलकम खबर
बैशाख २२, २०८२

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चलाउन चाहे ३२ सिटे जादू चल्ने बताएका छन् । आज (सोमबार) बसेको संसद बैठकपछि बाहिरिएका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले यसअघि नयाँ सरकार बन्ने बताएका थिए । त्यही प्रश्न दोहोर्‍याउँदा उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन, हाम्रो ध्यान जनतामै छ ।’ अहिले कांग्रेसलाई फकाउनतिर नलागेको पनि उनले बताए । चलाउन चाहे ३२ सिटे जादूू चल्ने उल्लेख गर्दै उनले भने, ‘हामी जनता केन्द्रित हुन्छौं ।’ उनले आफ्नै बोझले सरकार ढल्ने दोहो¥याएका छन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम झारा टार्ने खालको मात्रै भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु