युवा सङ्घ ताप्लेजुङको अध्यक्षमा तुम्बाहाङफे (नामावली सहित)

वेलकम खबर
बैशाख २१, २०८२

ताप्लेजुङ । नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा मानिक तुम्बाहाङफे चयन हुनुभएको छ। संघको १०औं अधिवेशनले तुम्बाहाङफेको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो।
नयाँ कमिटीको उपाध्यक्षमा दिलकुमार सुनुवार, सचिवमा डेबिट लिम्बू, उपसचिवद्वयमा प्रकाश एभेङ र वरुण लिम्बू चयन हुनुभएको छ। यस्तै कोषाध्यक्षमा सुुनिता यक्सो लिम्बू, युवा विज्ञ परिषदमा केशव पौडेल साइबर सर्कल प्रमुख श्रीहाङ् लिम्बू र युथ फोर्स प्रमुखमा पारुहाङ लिम्बू चयन गरिएको निर्वाचन अध्यक्ष मण्डलका अध्यक्ष निरोज पौडेलद्धारा हस्ताक्षरीत सर्वसम्मत नामावलीमा सो उल्लेख गरिएका छ ।
विवादका बिच घोषणा गरिएको पदाधिकारीको नामलाई नै अनुमोदन गरिएको हो। यस अघि नयाँ नेतृत्व चयनमा अध्यक्ष मण्डलले गम्भिर त्रुटि गरेको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएका थिए। असन्तुष्ट पक्षले पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष मण्डलले मतदाता नामावली प्रकाशन र मनोनयन दर्ता नै नगरी आकाङ्क्षा राख्ने प्रतिनिधीहरुका बिचमा छलफल तथा सहकार्य विना नेतृत्वको घोषणा गरी अपरिपक्व गतिविधि गरेको समेत आरोप लगाएका थिए। बिहीबार दिउसो १०औं जिल्ला अधिवेशनको उद्‌घाटन युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा भएको थियो। तर, बन्द सत्र सुरु नामावली घोषणा हुदाँ विवाद भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*