सुरक्षित आप्रवासन (सामी) कार्यक्रम ताप्लेजुङका शुरु

ताप्लेजुङ । “स्वदेशमा नै रोजगारी गरौँ वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं मूल नाराका साथ ताप्लेजुङमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम शुरु भएको छ ।
शुक्रवार फुङलिङ नगरपालिका मिडिया तथा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रमका मा सामी कार्यक्रम ताप्लेजुङमा पनि शुरु भएको जानकारी दिएको छ । सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र हेल्भटास नेपालको सयुक्त लगानीमा फुङलिङ नगरपालिकामा कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ । आज भएको अन्तरक्रियामा सामी हेल्भेटासका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले वैदेशिक रोजगारको वर्तमान अवस्था, वैदेशिक रोजगार सम्बन्धी नीतिगत व्यवस्था र स्थानीय तहलाई वैदेशिक रोजगार सम्बन्धी जिम्मेवारी रहने नीतिगत आधारहरू घरेलु कामदार, महिला माथि हुने सामाजिक लाल्छना, समस्या समाधानमा सञ्चार माध्यम, र सामी कार्यक्रमको भूमिका लगायतको विषयमा स्पष्ट पार्नु भएको थियो ।
अधिकृत विश्वकर्माले प्रस्तुत गर्नु भएको जिल्लाको तथ्याङ्कमा गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा १२ जनाले ज्यान गुमाएको उल्लेख गर्नुभएको थियो भने सात जनाका अङ्गभङ्ग भएको उल्लेख गर्नुभयो । उहाँले आँउदो आर्थिक वर्षमा ताप्लेजुङका पाथीभरा याङवरक, फक्ताङलुङ,आठराई त्रिवेणी,मेरिङदेन र मिक्वाखोलामा पनि कार्यक्रम सञ्चालन गर्नका लागि सङ्घीय सरकार समक्ष पालिकाले अनुरोध गरेको उल्लेख गदै आँउदो आवबाट सञ्चालन हुने स्पष्ट पार्नुभयो ।
कार्यक्रम फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले नेपाल सरकार प्रदेश सरकार स्विस सरकार र स्थानीय तह बीच सहकार्य गरेर सामी कार्यक्रम शुरु गरेको बताउँदै सामी कार्यक्रम सफल बनाउन सबै सञ्चारकर्मीले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले वैदेशिक रोजगारमा जानेलाई सुरक्षित र मर्यादित बनाउन र ठगिबाट जोगाउन यो कार्यक्रम शुरु गरेको बताउनुभयो ।
नगर प्रमुख मादेनले वैदेशिक रोजगारबाट सिप सहित फर्किएका नगरवासीलाई आवश्व सहयोग गर्ने समेत बताउनुभयो । नगर उप प्रमुख भिमा ओझाले नगर भित्र सामी कार्यक्रम शुरु गरेको उल्लेख गदै सबै पत्रकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै पत्रकार महासङ्घका अध्यक्ष सुवास आर्चायले जनतालाई सुसूचित गर्ने काम सञ्चारकर्मीको भएको उल्लेख गर्दै जिल्लामा रहेको रेडियो पत्रपत्रिका, अनलाइनबाटै बढीभन्दा बढी सूचना प्रशारण तथा प्रकाशन गर्नुपर्ने धारणा व्यक्त गर्दै वैदेशिक रोजगारीमा हुने ठगीलाई नियन्त्रण गर्न सञ्चारकर्मीले प्रभावकारी रुपमा सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रम फुङलिङ नगरपालिकाका रोजगार संयोजक सरिता लिङदेनले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकत कृष्णप्रसाद गौतम,वडा ७ का अध्यक्ष योगेन्द्र निरौला लगायत उपस्थिति रहेको थियो।