कोशी लगानी सम्मेलनमा ४६ परियोजनामा सम्झौता, डेढ खर्बको प्रतिबद्धता (सूचीसहित)

विराटनगर । कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा ४६ वटा परियोजनामा लगानी गर्ने गरिको सम्झौतामा हस्ताक्षर भएको छ । कोशी प्रदेश सरकारले हिजोबाट शुरु गरेको कोशी प्रदेश लगानी सम्मेलनको समापनमा ती परियोजनामा लगानीकर्ताहरुले हस्ताक्षर गरेका हुन् ।
लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १९ करोड रूपैयाँ बराबरका योजना अगाडि बढाउन सम्झौता भएको कोशी प्रदेश लगानी प्राधिकरणका सीईओ सरोज कोइरालाले बताउनुभयो ।
लगानी सम्मेलनमा कोदोको रक्सी उत्पादन गर्ने उद्योगदेखि उद्योग, कृषि र पर्यटनका क्षेत्रमा लगानी गर्ने गरिको सम्झौता भएको छ । सम्मेलनमा ऊर्जा र प्रविधिका क्षेत्रमा समेत लगानी गर्नेगरिको सम्झौता भएको कोइरालाले बताउनुभयो ।
कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलनको आयोजना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उद्घाटन गरेको सम्मेलनमा प्रदेश सरकारले ७१ वटा परियोजना सोकेसिंगका लागि राखेको थियो । लगानी सम्मेलनमा विभिन्न देशबाट लगानीकर्ताहरू आएका थिए ।