सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

वेलकम खबर
बैशाख १७, २०८२

काठमाडौँ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो।
बुधबार भएको सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिनेछ। कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको नखुलाएपनि ९ बुँदामा सहमति जुटेको बुझिएको छ ।मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने वार्ता सकिएपछि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका हिड्नु भएको छ । शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताउनुभयो । सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु