फुङलिङ ६ ले १ सय ४७ जना जेष्ठ नागरिक तथा अपाङ्गतालाई सम्मान गर्यो

वेलकम खबर
बैशाख १७, २०८२

ताप्लेजुङ, । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा ६ का जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ ।
वडा ६ का १ सय ४७ जना जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले सम्मान गरेको हो ।नगरप्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, वडाध्यक्ष मदन गुरुङ (तेज) सहितले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नु भएको छ ।
सम्मान कार्यक्रममा बोल्दै वक्ताहरुले जेष्ठ नागरिकहरु अनुभव र प्रतिभाका खानी भएको बताउनुभयो । जेष्ठ नागरिकहरुका अनुभवलाई अहिलेको पुस्ताले प्रयोग गर्न सके थुप्रै जीवन सहज र सरल बनाउन सकिने बक्ताको भनाई थियो  वडासचिव रनकुमार विकका अनुसार वडाभरीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकहरु सय हाराहारी हुनुहुन्छ । सरकारी सेवा निवृत्त, बृटिस तथा भारतीय सेनाका सेवा निवृत्त वडाबासी र अपाङ्गता भएका व्यक्तिहरुलाई समेत सम्मान गरिएको वडापालिकाले जनाएको छ ।
जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सम्मानसंगै उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको फुङलिङ नगरपालिकाका नर्सिङ निरीक्षक सञ्जु गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा नगरप्रमुख मादेन, उपप्रमुख ओझा, वडाध्यक्ष गुरुङ, पूर्व वडाध्यक्ष बलबहादुर गुरुङ, फुङलिङ नगर शिक्षा समितिका सदस्य तथा ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल इन्द्रकुमार गुरुङ, पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, फुङलिङ नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङ र जेष्ठ नागरिक अगुवा डिल्ली गुरुङ सहितले कार्यक्रम बारे आ(आफ्नो धारणा राख्नु भएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*