कञ्चनजंघा वेस क्याम्पमा पहिलो पटक चार जनाले गरे साइक्लिङ (फोटो फिचर)

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको दक्षिणी आधार शिविरसम्म पहिलो पटक साइक्लिङ गरिएको छ । ४८ सय मिटर उचाइमा रहेको वेसक्याम्पमा धरान माउन्टेन बाइक नेटर्वकका सञ्चालक अविशेक मादेन, अनिष तामाङ, दिपसागर तामाङ र निमा शेर्पाको टोली साइक्लिङ गर्दै ओक्ताङ आधार शिविरसम्म पुग्नु भएको हो ।
सिरिजङगा गाउँपालिका–८ याम्फुदिनको नयाँझोरेनी–तरुङदेन–चाइराम–रामजेर हुँदै ओक्ताङक सम्मको पैदलमार्गमा साइक्लिङ गरिएको गाउँपालिकाका उपाध्यक्ष चित्र मावोले जानकारी दिनुभयो । यसले यो क्षेत्र साइक्लिङका लागि उपयुक्त छ भन्ने सन्देश दिएको मावोले बताउनुभयो । कञ्चनजंघा आधार शिविरसम्म पहिलो पटक साइक्लिङ भएको पनि मावोको दाबी छ ।
सिरिजङ्गा गाउँपालिकाले वैशाख १५ देखि १७ गतेसम्म कञ्चनजंघा पर्यटन महोत्सव २०८२ आयोजना गरेको थियो । यही अवसरमा धरानका चार जना राइडरले पालिकाको ८ नम्बर वडा कार्यालय याम्फुदिनको थुङगिमदेखि ओक्ताङसम्म साइक्लिङ गरको प्रमुख प्रशासकिय अधिकृत डम्बर आङदाम्वेले बताउनुभयो । थोरै ठाउँमा मात्रै बोक्नुपरेको राइडरले बताएका छन् ।ओक्ताङदेखि थुङगिमसम्मको क्षेत्रलाई हिमालय क्षेत्र नजिकबाट देखिने आधार शिविरको रुपमा लिइन्छ । आगामी दिनमा प्रतिस्पर्धात्मक साइक्लिङ गर्न गाउँपालिकालाई राइडरले सुझाव दिएका छन । यसको प्रचारले विदेशी राइडर आउने र पर्यटन प्रवर्द्धन हुने विश्वास गाउँपालिकाको छ ।
तस्वीर : साहारा लंवा