उत्पीडित जातीय मुक्ति समाज ताप्लेजुङमा सुनाम

वेलकम खबर
बैशाख १७, २०८२

ताप्लेजुङ ।नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज ताप्लेजुङको छैटौं जिल्ला अधिवेशनले नरबहादुर सुनामलाई अध्यक्ष पदमा चयन गरेको छ ।

सो समाजको उपाध्यक्षमा ध्रुव बराइली, सचिव अमर विक, उपसचिव राजु नेपाली र कोषाध्यक्षमा अनिता विक चयन हुनुभएको छ । मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष अनुभूति बम नेपालीको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको एमाले ताप्लेजुङका उपसचिव गोपाल न्यौपानेले जानकारी दिनुभयो ।
समाजको सुनाम अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
सदरमुकाम फुङ्लिङमा मङ्गलबार सम्पन्न भएको मुक्ति समाजको जिल्ला अधिवेशनमा नेकपा ९एमाले० जिल्ला कमिटी उपाध्यक्ष दीपेन्द्र पोमु ९दीपेन०, पूर्व जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङ, पूर्व(उपाध्यक्ष सन्तोष खतिवडा लगायतका नेतृत्वको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु