शिक्षकसँग आजै सहमतिको सम्भावना- दिउँसो पनि वार्ता

काठमाडौं । शिक्षकहरुले काठमाडौमा आन्दोलन गरेको २८ दिनदेखि जारी शिक्षक महासंघको माग सम्बोधन उन्मुख बनेको छ ।सोमबार दिनभर र मध्यरातसम्म मन्त्री र शिक्षक नेताबीचको वार्तापछि दुवै पक्ष सहमतिनजिक पुगेका हुन् । वार्ता आज दिउँसो पनि हुँदैछ ।
शिक्षामन्त्री रघुजी पन्तले छलफल एकदमै सकारात्मक भएको बताउनुभयो ।उहाँले आज टुंग्याउने गरी काम अघि बढ्ने बताउनुभयो ।