फुङलिङ नगरपालिकाले सरकारलाई भन्यो शिक्षकको माग तत्काल सम्बोधन गरौ

वेलकम खबर
बैशाख १५, २०८२

ताप्लेजुङ । एक महिना देखि शिक्षकहरु आन्दोलनका कारण पठन पाठन प्रभावित भएको उल्लेख गदै तत्काल शिक्षकको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । फुङलिङ नगरपालिका आज एक विज्ञप्ती प्रकाशित गर्दै विद्यालयमा शैक्षिक सत्र शुरु भएपनि विद्यालयको भर्ना कार्यक्रम शुरु नहुदाँ विद्यार्थीहरुमा मनोसामाजिक असर परेको उल्लेख गर्दै शिक्षकहरुलाई तत्काल सामुदायिक विद्यालय सूचारु गर्न अपिल समेत गरेको छ । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनलेद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा नगर शिक्षा समिति,वडा समिति,विद्यालय व्यवस्थापन समिति,शिक्षक सवैमा अनुरोध गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*