भोलि देखि विद्यालय पठन पाठन शुरु गर्न शिक्षकलाई सिदिङवाको आग्रह, अटेर गरे कारवाही अघि बढाउने चेतावनी
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले भोलि मङ्गलवार देखि विद्यालय सुचारु गर्न सबै शिक्षकहरूलाई आग्रह गरेको छ ।
सिदिङ्वा गाउँपालिकाले पालिका भित्र रहेका सबै विद्यालयहरूमा पत्राचार गदै शैक्षिक सत्र शुरु भएपछि विद्यालय जान पाउने र पठन पाउने विद्यार्थीको नैसर्गिक अधिकारको सम्मान गर्दै शिक्षकको पेशागत जिम्मेवारी समेतलाई आत्मसात गदै मङ्गलवार १६ गते देखि विद्यालय सुचारु गरी बाकी रहेका सबै शैक्षिक गतिविधिहरू संचालन गर्नु गराउनु हुन शिक्षक लगायत सम्बन्धित सबै पक्षहरू गरेको हो ।
पत्रमा भनिएको छ । नयाँ विद्यालय शिक्षा ऐन जारी गरि शिक्षकका सवै मागहरू सम्बोधन गर्नु पर्ने भन्दै नेपाल शिक्षक मंहासघको नेतृत्वमा गत चैत्र २० देखि सुरु भएको संघीय राजधानी काठमाण्डौ केन्द्रित शिक्षक आन्दोलनले उठाएका नियमसङ्गत र नीतिसङ्गत एजेण्डाहरू सङ्घीय सरकारले अविलम्ब सम्बोधन गरि शिक्षकहरूको हकहितको रक्षाको लागी समग्र सिदिङ्वा वासी र सिदिङवा गाउँपालिकाको तर्फबाट नेपाल सरकारको गम्भिर ध्यानाकर्षणको लागी विभिन्न तह र तप्काबाट पहल भइरहेको व्यहोरा जानकारी गराउदछौ ।
शिक्षा क्षेत्रको स्थायित्व, प्रगति र शिक्षकहरूको आत्म सम्मान कायम राख्दै आफ्नो कार्यस्थलमा फर्कने उचित वातावरण निर्माणको लागि सिदिङवा गाउँपालिका सधै सकारात्मक रहेको र जायज मागहरूको सम्बोधनको लागि गाउँपालिकाको तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेको जनाएका छ ।
गता चेत्र २० गते देखि शुरु भएको आन्दोलन लम्बिन्दै जादा विद्यालय बन्द भइ सार्वजनिक शिक्षामा थप क्षति पुग्ने, अवरुद्ध शैक्षिक प्रकृयाको कारण विद्यालय प्रति विद्यार्थी र अभिभावको विश्वास घटदै जाने र समग्र शैक्षिक सूचकाङ्कमा नकरात्मक असर पर्ने भएकोले सिदिङवा गाउँपालिका यो विषयमा गम्भिर भएको व्यहोरा अनुरोध गर्दछौँ । आफ्ना पेशागत हित र अधिकारका लागि उचित माग राख्ने संविधान समस्त अधिकारको उपयोग गरि सार्वजानिक शिक्षामा थप क्षति हुन नदिने विषयमा सबै शिक्षकहरू जिम्मेवार बन्नु पर्ने अवस्था सिर्जना भएको छ ।
नेपालको वर्तमान संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल अधिकारको सूचीको क्रम सङ्ख्या ८ मा आधारभूत र माध्यमिक शिक्षाको व्यवस्थापनमा स्थानीय तहको अधिकार रहेको र स्थानीय सरकार सचालन ऐन २०७४ को परिच्छेद मा गाउँपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकार अन्तर्गत दफा ११ को उपदफा २ को १ ९ज० मा आधारभूत र माध्यमिक शिक्षा अन्तर्गत २३ वटा अधिकारहरु स्थानीय तहमा निहित रहेको र सिदिङ्वा गाउँपालिकाको शिक्षा ऐन २०८० मा सिदिङ्वा गाउँपालिकाको शिक्षा सम्बन्धि विभिन्न व्यवस्थाहरु रहेको स्मरण गराउदै अझैपनि विद्यालयहरु बन्द रहने अवस्था आएको खण्डमा कानून बमोजिम अधिकार प्रयोग गरी आवश्यक कारवाही अगाडी बढाइने व्यहोरा सम्बन्धित सवैमा जानकारीको पालिका अध्यक्ष मानबहादुर राईले हस्ताक्षरित पत्रमा उल्लेख छ ।




















