जनसांस्कृतिक महासङ्घ ताप्लेजुङ पुन निरौला

ताप्लेजुङ । नेकपा एमालेको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घ ,नेपाल ताप्लेजुङको नवौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ ।
आज भएको जिल्ला अधिवेशनले पुन हेमराज निरौलाको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । सो समितिको उपाध्यक्षद्वयमा जुनु इजम, दिपा सुनाम सचिवमा लाजरस लिम्बू उपसचिव ( समीक्षा भट्टराई दिपिका सुनाम र कोषाध्यक्षमा अश्मि सावादेनलाई चयन गरेको हो ।
त्यस्तै सदस्यहरूमा दीक्षा सुनाम,डिना मादेन,सनिसा दर्जी,मिसु इजम,अनिशा इजम,सुदर्शन सिवा,मनिषा चापागाईं र मोहन खड्का रहनु भएको छ । उद्घाटन सत्रमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका ९ औ केन्द्रीय सचिवालय सदस्य माधव प्रधानको प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रमको प्रमुख वक्ताको रुपमा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य चित्रा चंसु रहनु भएको थियो । प्रधानले शुभकामना व्यक्त गर्दै जनसांस्कृतिक महासङ्घ चुनाबको बेलामा मात्रै नभए सामाजिक रूपान्तरणको लागि काम गर्ने महत्वपूर्ण सङ्गठन रहेको उल्लेख गर्दै पालिका पालिकामा पनि कमिटी गठन सुझाव दिनुभयो ।
त्यस्तै प्रदेश कमिटी सदस्य चंसुले जनसांस्कृतिक महासङ्घ नेकपा एमालेको महत्वपूर्ण अङ्ग भएको उल्लेख गदै महासङ्घको संस्थागत सुधारका लागि पार्टीले पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रम एमाले नेता भरत गुरुङ, पत्रकार राजेन्द्र श्रेष्ठ र याक्थुङ स्टार रविन लेछर्वो लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अधिवेशनले आँउदो वैशाख १७ र १८ मा काठमाडौँमा हुने राष्ट्रिय जनसांस्कृतिक महासङ्घको केन्द्रीय महाधिवेशनको लागि ५ जना प्रतिनिधि समेत छनौट गरेको छ । ,