गठबन्धनमा केही भएको छैन, सरकार टिक्छ : शेरबहादुर देउवा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्नु भएको छ । ।शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले यस्तो बताउनुभएको हो ।
‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ देउवाले भन्नुभयो ।उहाँले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा जानकारी दिनुभयो । सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो थाहा छैन मलाई,’ देउवाले भन्नुभयोे ।