प्रधानमन्त्री ओलीले आज सदनलाई सम्बोधन नगर्ने

वेलकम खबर
बैशाख १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भएका छन्।बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने तय भए पनि अन्तिम अवस्थामा स्थगित भएको हो।
अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्। विपक्षी दलका नेता प्रचण्ड र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले ओलीले आज बोल्ने कार्यक्रम रोकिएको हो।यति बेला प्रचण्ड गोरखा पुगेका छन् भने देउवा थाइल्याण्ड पुगेका छन्। आजै फर्किने भए पनि देउवा सदनमा आइनपुग्ने भएपछि ओलीले आज नबोल्ने भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*