देउवा दम्पती आज स्वदेश फर्किँदै, के होला सरकार फेरबदल ?

वेलकम खबर
बैशाख १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री डा‍‍। आरजु राणा आज स्वदेश फर्किँदैछन्।
थाइल्याण्ड भ्रमणमा देउवा दम्पती शुक्रबार दिउँसो काठमाडौंमा अवतरण गर्न लागेका हुन् । सभापति देउवा उपचारको लागि थाइल्यान्ड गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग ९एस्क्याप०को ८१ औँ सम्मेलनमा सहभागी थाइल्यान्ड पुगेकी हुन्।
देउवा दम्पतीको यो स्वदेश फिर्तीलाई किन अर्थपूर्ण मानिएको छ भने नेपालमा सरकार फेरबदलको तीव्र चर्चा चलिरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढ्दैजाँदा सरकार नै संकटमा पर्दै गएको र देउवा दम्पतीको यसमा निर्णायक भूमिका रहने बताइएको छ ।
कांग्रेस र एमालेबीच गत १७ असारमा भएको सातबुँदे सहमतिपश्चात् यो गठबन्धन सरकार बनेको थियो, जसमा देउवा दम्पती नै लागेका थिए । अहिले आएर प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत रुष्ट छन् र सार्वजनिक कार्यक्रममै सरकारको विरोध गरिरहेका छन् ।
बिहीबार मात्रै महामन्त्री गगन थापाले गठबन्धन सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । उनले भनेका थिए, ‘हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ ।’

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु