युवा संघ पाथीभरा याङवरकमा भट्टराई

वेलकम खबर
बैशाख १२, २०८२

ताप्लेजुङ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पाथीभरा याङवरक गाउँ कमिटीको अध्यक्षमा लक्ष्मण भट्टराई चयन हुनुभएको छ । बिहिबार पालिकाको केन्द्र समेत रहेको वडा नं.२ थेचम्बुमा सम्पन्न प्रथम पालिका अधिबेशनबाट भट्टराईको नेतृत्वमा ३३ सदस्यीय नयाँ पालिका कमिटी सर्वसम्मत चयन गरिएको हो । भट्टराई एमाले वडा नं.२ थेचम्बुका सचिव समेत हुनुहुन्छ ।

कमिटीको उपाध्यक्षमा अमृत थेबे (लिम्बु), सचिब नबिन सुनुवार, उपसचिवद्धय निलम साम्सोहाङ (लिम्बु), र रणदिप मेन्याङबो (लिम्बु) तथा कोषाध्यक्षमा मनमाया लिम्बु निर्वाचित हुनुभएको हो । कार्यक्रम एमाले जिल्ला कमिटी उपसचिव गोपाल न्यौपाने, कोशी प्रदेश कमिटी सदस्य तथा गाउँपालिकाका अध्यक्ष केशर कुमार सुब्बा, अनेमसंघ जिल्ला अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष रनमाया गुरूङ लगायत जिल्ला कमिटीका सदस्य, वडा कमिटीका पदाधिकारी सहितको उपस्थितीमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*