पदबहाली गर्दै शिक्षामन्त्रीले भनेः शिक्षकहरूसँग वार्ताबाटै समाधान निकाल्ने प्रयास गर्छु

वेलकम खबर
बैशाख ११, २०८२

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुको मागबारे जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकारी लिएपछि मात्रै बोल्ने बताउनुभएको छ ।शिक्षामन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षकहरुलाई वार्ताबाट कक्षाकोठामा फर्काउने प्रयास गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो अब बोल्ने भन्दा पनि काम गर्ने ठाउँमा आएको छु। वार्ताबाट शिक्षकहरूको माग सम्बोधन गर्ने प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ।’

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु