काठमाडौंमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । काठमाडौँको ढुंगेअड्डामा गुडिरहेको बसमा आगो लागेको छ । बिहीबार दिउँसो चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा सडकमा गुडिरहेको बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।
विद्युत्को लाइन सर्ट भएर बसमा आगलागी भएको हो । थानकोटतर्फ जाँदै गरेको बसको इन्जिनमा आगो सल्किएर पूरै बसमा आगो लागेको थियो । बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यात्रुहरू भने आगो लागेको देख्ना साथ निस्किएर भागेकाले सकुशल रहेका प्रहरीले जनाएको छ । आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रण गरिएको हो । उक्त आगो नियन्त्रणमा आइसकेको छ ।