बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
वेलकम खबर
बैशाख ११, २०८२
काठमाडौं । संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो
पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने समझदारी भएको सत्तापक्ष नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल जानकारी दिएका छन् । प्रधानमन्त्रीले सडकमा उठेका मागदेखि लिएर प्रतिपक्षका सरोकारका विषयहरूलाई समेत सम्बोधन गर्ने तयारी छ ।



















