लोकतन्त्र दिवसको अवसरमा भोलि गर्ने एमाले युवा महोत्सवको अन्तिम तयारीमा

वेलकम खबर
बैशाख १०, २०८२

काठमाडौं।नेकपा एमालेले भोलि लोकतन्त्र दिवसको दिन काठमाडौंमा आयोजना गर्ने युवा महोत्सवको अन्तिम तयारी भइरहेको छ। भोलि दिउँसो १ बजे जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिने युवा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको नेकपा एमाले संगठन विभाग सचिव एवं कार्यक्रम सहजीकरण टिमका संयोजक माधव ढुङ्गेलले जानकारी दिनुभयो। भोलि हुने कार्यक्रमका सन्दर्भमा जानकारी दिन आज दिउँसो ३ बजे पत्रकार सम्मेलन राखिएको उहाँले बताउनुभयो।

भोलिको कार्यक्रम पूर्णरुपमा युवामैत्री हुने उहाँले बताउनुभयो। भोलिको कार्यक्रममा पार्टीको तर्फबाट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने ढुङ्गेलले जानकारी दिनुभयो । बाँकी सबै वक्ता युवाहरू रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेले अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धरा राख्ने उहाँले जानकारी दिनुभयो । ‘४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नु हुनेछ, त्यहाँ कन्सर्ट हुन्छ, विभिन्न नाचगान हुन्छ, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने छ, झाँकीमा युवाहरू नै सहभागी हुन्छ, कार्यक्रममा युवाहरूले पाकाहरूलाई छपक्कै छोप्ने छन्’, उहाँले भन्नुभयो ।

कार्यक्रममा आउनेको मोटरसाइकल र स्कुटर पार्किङको लागि बग्गीखानामा व्यवस्था गरिएको, बसका लागि टुँडिखेल र साना गाडीको लागि रङ्गशालामा व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो। काठमाडौं भित्रका सहभागीलाई भरसक सार्वजनिक यातायात र पठाओ प्रयोग गर्न भनिएको उहाँले जानकारी दिनुभयो।

यो शक्ति प्रदर्शन वा कसैका विरुद्धको कार्यक्रम नभएकाले सडक प्रदर्शनको कुनै कार्यक्रम नराखिएको पनि उहाँले जानकारी दिनुभयो । भोलिको कार्यक्रम नितान्त उत्सव मनाउने कार्यक्रम भएको उहाँले बताउनुभयो।

आज रातिसम्म मञ्चको पनि सबै काम सकिने उहाँले जानकारी दिनुभयो । अलि फरक खालको तयारी गरिएको छ, पुरानो शैलीको कार्यक्रम हुँदैन, नयाँ पुस्तालाई ध्यानमा राखेर गर्न लागिएको कार्यक्रम भएकोले त्यही अनुसार हुने छ, त्यहाँ कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत हुने छ, भोलिको कार्यक्रम नितान्त फरक कार्यक्रम हुने छ, कार्यक्रमबाट निस्किँदा सबै नयाँ कुरा सिकेर फर्कने छन्’, उहाँले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*