नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

वेलकम खबर
बैशाख ९, २०८२

 ताप्लेजुङ । नाबालिकालाई ललाइ फकाई जबरजस्ती करणी गरेको अभियोगमा एक ३२ वर्षे पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार झापा जिल्ला स्थायी वतन भई हाल ताप्लेजुङ बस्दै आएका एक पुरुषलाई पक्राउ गरिएको बताउनुभयो ।
पक्राउ परेका व्यक्तिलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ र ३० बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको समेत प्रहरीले बताएको छ ।
पक्राउ परेका ति पुरुषमाथि १३ बर्षिया नाबालिकालाई रेड मी मोबाइल किनिदिएर ललाइ फकाई प्रलोभनमा पारी बैशाख ६ गते राति डरत्रास समेत देखाई करणी गरेको अभियोग रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*