टीकाराम गौतम स्मृति प्रतिष्ठानले एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्यो (फोटो फिचर)
ताप्लेजुङ । यस वर्ष टीकाराम गौतम स्मृति प्रतिष्ठानले तीन जनालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । आज टीकाराम गौतम स्मृति प्रतिष्ठानले एक कार्यक्रम गरी एक पत्रकार सहित तीनजनालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा पत्रकारिता पुरस्कारबाट रेडियो ताप्लेजुङका स्टेसन म्यानेजर देवराज गुरुङ, समाजसेवी पुरस्कारबाट पुरस्कृत हुनेमा फुङलिङ नगरपालिका ५ का दिनेश खवास रहनु भएको छ । दुवै जनालाई जनही १० हजार १०५ रुपैयाँ राशि प्रमाणपत्रले सम्मान गरिएको हो ।
यसैगरी, रेडक्रसका २४ उपशाखामध्ये फुङलिङ उपशाखालाई यस वर्षको उत्कृष्ट उपशाखा घोषित गरी १५ हजार १०५ रुपैयाँसहित पुरस्कृत गरिएको छ । फुङलिङ नगरप्रमुख अमिर मादेनले पुरस्कृत व्यक्तित्वहरूलाई नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

टीकाराम गौतम स्मृति प्रतिष्ठानले २०६९ देखि हरेक वर्ष एक पत्रकार, एक समाजसेवी र ताप्लेजुङ रेडक्रसको उत्कृष्ट उपशाखालाई सम्मान गर्दै आएको छ । उक्त कार्यक्रममा टीकाराम गौतम स्मृति प्रतिष्ठानले तयारी गरेको क्यालेन्डर समेत विमोचन गरिएको थियो ।

कार्यक्रम नगर प्रमुख मादेन, संविधानसभा सदस्य सञ्चपाल मादेन, नेपाल रेडक्रस सोसाइटीका सभापति ईन्द्र गुरुङ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुवास आर्चाय लगायतले मन्तब्य राख्नु भएको थियो । टीकाराम गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार आनन्द गौतमले गर्नु भएको थियोकार्यक्रममा संविधानसभा सदस्य कोशी प्रदेशसभाका पूर्वसदस्य होमकुमारी साँवा र फुङलिङका पूर्व नगरप्रमुख छत्रपति प्याकुरेल उपस्थित थिए । ।






















