आगो लागेर मृत्यु भएकाको चारै जनाको शव परिवारले बुझे
ताप्लेजुङ। पाथीभरा क्षेत्रमा भएको घटनामा मृत्यु भएका ४ जनाकै शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लिएका छन । पाथीभरा क्षेत्रको देउराली काफ्ले पाटी सडक खण्डको सेवारो चोकमा लत्रिएको विद्युत तार ट्याक्सी मे १ ज ३०११ मा माथि पर्दा करेन्ट प्रवाहका कारण सोमवार बिहान ५ बजे पाथीभरा दर्शन गर्न हिँडेको चार जनाको मृत्यु भएको र दुई जना घाईते भएका थिए । घाइतेलाई २ जनालाई हेलिकोप्टर मार्फत थप उपचारको लागि काठमाडौँ लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) रवि रावलका अनुसार तीनजनाको सोमवार साँझ र एकजनाको मङ्गलवार बिहान पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको हो ।
मृत्यु भएका मध्ये ललितपुर महानगरपालिका वडा नं १० का १६ बर्षिय आध्या आचार्य, उहाँका मावली हजुरबुबा झापा भद्रपुर नगरपालिका वडा नं १५ का ७० बर्षिय बिनोद पौडेल र मावली हजुरआमा ६९ बर्षिया सरिता पौडेलको शव सोमवार साँझ पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको थियो । मङ्गलवार सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने अन्दाजी ४२ बर्षिय दुर्गा भट्टराईको शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
मृतक भट्टराईको शव आज काबेली खोलामा अन्त्येष्टी गरिने परिवार जनले जनाएकै छन भने तीन जनाको शव आफ्न्तले बुझेर झापा लगेको छन ।



















