पोखरा विमानस्थलमा आफ्नो हस्ताक्षरले भएको नोक्सानीको प्रमाण देखाउन सांसद योगेश भट्टराईको चुनौती

वेलकम खबर
बैशाख ८, २०८२

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलमा आफूले गरेको हस्ताक्षरले राज्यलाई भएको नोक्सानीको प्रमाण देखाउन चुनौती दिनुभएको छ ।
भट्टराईले २०७६ साउन १५ देखि २०७७ पौष ५ गतेसम्म मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उहाँले आफ्नो कार्यकालमा भएका निर्णयहरूलाई लिएर प्रायोजित समाचारहरू आएको भन्दै ध्यानाकर्षण गराउनु भएको छ ।
‘पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाण सहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ,’ भट्टराईले भन्नुभयो । उहाँले सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा फसेकाहरूले आफूलाई पनि फसाउन खोजेको आरोप लगाउनुभएको छ । ‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पीस छन भन्ने मैले राम्ररी बुझेको छु,’ उहाँले भन्नुभयो ।

नेता भट्टराईले मिडिया ट्रायल गरेर उम्कन खोज्नेहरूलाई चेतावनी दिँदै आवश्यक परे आफूसँग भएका कागजातहरू सार्वजनिक गर्ने पनि बताउनुभयो । ‘मिडिया ट्रायल गरेर उम्कन सकिंन्छ भनेर ढुक्क नभए हुन्छ। मलाई औंला उठाउनेहरू नै पर्नेवाला छन् । डकुमेन्ट मसँग छ । आवश्यक परे सार्वजनिक गरौंला,” उहाँले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*