कोशीमा नुहाउने क्रममा मामा-भान्जा बेपत्ता
वेलकम खबर
बैशाख ८, २०८२
विराटनगर । सप्तकोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता भएका छन् ।
सुनसरीको इटहरी १६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोलाको कोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन ।सोमबार ८स्३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी पकली र सशस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



















