सिरीजंघा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

वेलकम खबर
बैशाख ८, २०८२

ताप्लेजुङ । सिरीजंघा क्षेत्रमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हिमालको प्रचार प्रसार गर्ने उद्देश्यले आउदो बैशाख १३ देखि १५ गतेसम्म हुने सिरीजंघा पर्यटन महोत्सव– २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।
पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको अध्ययन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको स्वागतद्धार र अन्य आश्वयक तयारीहरु धमाधम भइरहेको सिरीजंघा पर्यटन महोत्सव सचिवालय समितिले जनाएको छ । कंचनजंघाको आधार शिविरसम्म जोड्ने कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरेनीमा सम्पन्न हुने सिरीजंघा पर्यटन महोत्सव अन्तरगत कंचनजंघा साहसिक पदमार्ग अवलोकन, जलवायु परिवर्तनको स्थलगत अध्ययन, कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता २०८२, चौरी, याक प्रवद्र्धन तथा प्रदर्शन, माउण्टेन साइकिलिङ आदि कार्यक्रमहरु आयोजना पालिका उपाध्यक्ष डाक्टर चित्र मावोले जानकारी दिनुभयो ।
बैशाख १५ गते कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरेनीमा हुने साहित्यिक तथा सास्कृतिक कार्यक्रममा चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बू, कवि नवराज पराजूली, गायक भीम लिम्बू, गोविन्द लिम्बू, प्रितीका बेघासंगै रंगकर्मी विष्णु मोक्तान र हाँस्य कलाकार प्रकाश लिम्बू रियोको विशेष प्रस्तृति रहने पालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बर आङदाम्बेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*